नेकपा माओवादीको केन्द्रिय समिति बैठक १५ गते
प्रकाशित मिति
८ माघ २०७९, आइतबार १०:३९
नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार सोअघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रिय समितिबाट अनुमोदन गरिनेछ ।
यसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।
Shares