२१ माघ २०७९, शनिबार

कसरी फसेका थिए लेन्डुप दोर्जे ?

  प्रकाशित मिति
७ माघ २०७९, शनिबार ०३:०१


सन् १९६४ मा जवाहरलाल नेहरूको निधनपछि भारतको प्रधानमन्त्रीमा उनको छोरी इन्दिरा गान्धी चुनिएसँगै सिक्किम विलयको योजना बनेको थियो, जसको गोटी बनेका थिए लेन्डुप दोर्जे । इन्दिराले आफ्नो मन्त्रिपरिषद्को पहिलो बैठकमै ‘पिता नेहरूले नेपाल, भुटान र सिक्किमलाई भारतमा बिलय नगरेर गल्ती गरेको’ उल्लख गर्दै त्यसलाई चाल्न ठोस कदम चाल्नुपर्ने बताएकी थिइन् ।

तत्कालिन राजा पाल्देन थोन्दुप नामग्यालकी अमेरिकी श्रीमती होप कुकले एउटा जर्नलमा लेखा प्रकाशित गर्दै भारतले पुरानी सिक्किमको थुप्रै सम्पति भोगचलन गरिरहेकाले त्यो तत्काल फिर्ता गर्नु पर्ने बताएपछि इन्दिरा निकै क्रुद्ध भइन् । पूर्ण स्वतन्त्र सिक्किमकी शक्तिशाली महारानी हुने आकांक्षासाथ पाल्देनसँग बिहे गरेकी ति अमेरिकी महिलाको चाहना बिरुद्ध अर्की बिदेशी महिला लाई नै प्रयोग गरियो । ति थिइन्, बेल्जियमकी एलिजा मारिया स्ट्याण्डफोर्ड, जसले सन् १९५७ मा प्रजातन्त्र स्थापनार्थ लागेका लेन्डुप दोर्जेसँग बिबाह गरेकी थिइन् । गणतान्त्रिक सिक्किमको प्रथम महिला बन्ने उनको चाहना थियो । यी दुइ महिलाको चाहनाबीच टकराव गराएर बाजी जितिन् इन्दिराले । र, सिक्किमलाई भारतको २२औं राज्य बनाउन सफल भइन् ।

सन् १९७० को सुरुवातमा लेन्डुपको नेतृत्वमा सिक्किम नेसनल कंग्रेस पार्टीले राजा बिरोधि अभियान चर्कायो । भारतीय गुप्तचर संस्थाहरू आईबी तथा ‘र’ ले लेन्डुपलाई आर्थिक लगाएतका सहयोग गराउथे । सन् १९७३मा राजाविरोधि आन्दोलन चरमोत्कर्षमा पुग्यो । ‘र’ ले पाल्देनलाई पनि कुनै न कुनै रुपमा राजतन्त्र जोगाइदिने आश्वासन दिएको थियो । त्यही भरमा ठुलो संख्याको विद्रोहीले दरवार घेरा हाले पछि राजा पाल्देनले सहयोगका लागि भारतको लागि गुहारे । मौका प्रखेर बसेको भारतले कत्ति ढिलो नगरी प्रमुख प्रशासक बीएस दासको नेतृत्वमा एउटा टोलि पठायो । स्थितिलाई नियन्त्रणमा लिएपछि ‘र’को योजना अनुरुप लेन्डुपको पार्टी र भारत सरकार सँग त्रिपक्षीय सम्झौता गर्न राजालाई बाध्य पारियो । सम्झौताले राजाको अधिकारमा व्यापक कटौती त गर्यो नै, सिक्किम भारतको सह-राज्य जस्तै पनि बन्यो । सन् १९७४ मा सम्पन्न निर्वाचनमा लेन्डुपको पार्टीले भारी बहुमत ल्यायो र सकार बनायो । त्यसै बेला देखि लेन्डुपलाई अघि सारेर भारतले सिक्किममा बिजयी अपरेसन शुरु गऱ्यो ! सन् १९७१मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएर भुटान उम्किए जस्तै सिक्किम पनि उम्कने डर भारतलाई थियो । लेन्डुप नेतृत्वको सरकारले २०३२ बैशाख १ मा गरेको जनमत सँग्रहले सिक्किमलाई भारतमा गाभ्ने निर्णय गऱ्यो ।

खासमा जनमत सँग्रह बाँकी विश्वलाई देखाउने नाटक थियो, त्यही भयो जे भारत चाहन्थ्यो । मतदानका क्रममा भारतीय सैनिकले बन्दुक तेर्स्याएर धाधली गरेका थिए । जनमतसँग्रहको पुर्वअनुमानित घोषणालगत्तै पहिले देखि छेउछाउ आइबसेका पाँच हजार भारतीय सैनिकले गान्तोकमा धावा बोले र करिव ३ सयको हाराहारीमा रहेका सिक्किम गार्ड्स लाई नियन्त्रणमा लिई राजालाई बन्दी बनाए । यसरी सिक्किम भारतमा गाभियो । २०३२ जेठ २ गते मा यसको विधिवत् घोषणा सँगै लेन्डुप सिक्किमको मुख्य मन्त्री बने, जसलाई बैध्यता दिन संयुत्त राष्ट्रसंघले पनि ढिला गरेन ।

सन् १९७९मा सम्पन्न चुनावबाट नरबहादुर भण्डारी सिक्किमको मुख्यमन्त्री बनेपछि लेन्डुपको सार्वजनिक जीवन समाप्त्त भयो । लेन्डुपको पार्टीले एउटा पनि सिट जितेन । जीवनको उत्तरा खण्डमा लेन्डुप भन्ने गर्थे, ‘मैले सिक्किमलाई भारतमा मिलाउन यत्रो योगदान गरेँ, तर काम लिएपछि मलाई इन्डियनहरूले वास्ता गरेनन् । पहिला दिल्लीमा मलाई रेड कार्पेट ओछ्याएर स्वागत गरिन्थ्यो, अहिले त सामान्य नेता भेट्न पनि हप्तौँ पर्खाउँछन् ।’ सन् १९९० मा श्रीमती एलिजको निधनपछी एक्लिएको लेन्डुपको पनि सन् २००७ जुलाई २८ कालिङपोङस्थित ‘चाकुङ हाउस’मा मृत्यु भयो ।

  • कृष्ण खत्री


387
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको