२१ माघ २०७९, शनिबार

मुद्दा हालेर काम गर्न नदिएको भुवन केसीको गुनासो

  प्रकाशित मिति
१ माघ २०७९, आइतबार ०१:४५


मागे निर्माताको साथ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै अभिनेता एवम् विकास बोर्ड अध्यक्ष केसीले त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षतिबराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको जानकारी दिए ।

‘सुटिङ चलिरहेको दृश्य पहिल्य नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ’, अध्यक्ष केसीको भनाइ छ ।

बोर्ड अध्यक्षका रुपमा करिब ६ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत उनले गरे । ‘कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्’, अध्यक्ष केसीले भने, ‘मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्नेछु । चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।’


81
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा