धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।
शुक्रबार बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको छ ।
स्थानीयवासी दीपक खड्काका अनुसार के भएर आगलागी भयो थाहा छैन, एउटा घरको नामनिशान छैन र अरु घर पनि धेरै जलेका छन् ।
छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया