इराकको पुन: निर्माणमा चीनले सघाउने

इराकको पुन: निर्माणमा चीनले सघाउने


चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ ।

साउदी अरबको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षेत्रको पुनर्निर्माण, उद्योगहरूको स्थापना, इराकी जनताको जीवनयापनमा सुधार, दिगो विकासका निम्ति निरन्तर सहयोग गर्ने बताएका हुन् ।

इराकी प्रधानमन्त्री मोहम्मद शिहा अल सुडानीसँग शुक्रबार भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा मन्तव्य व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सीले इराकलाई सहयोग गर्ने बताए ।