आजको पञ्चाङ्ग एवम् राशिफल (२३ मङ्सिर २०७९ शुक्रबार, ९ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ मङ्सिर २०७९ शुक्रबार, ९ डिसेम्बर २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २३ गते शुक्रबार तद्अनुसार सन् २०२२ दिसम्बर ९ तारिख पौष कृष्ण पक्षको प्रतिपदा तिथि १०:०० पर द्वितीया तिथि मृगशिरा नक्षत्र शुभ योग तैतिल करण आनन्दादियोगमा मानस योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४४ बजे र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । कोशिकोका संगममा मेला ।

आजको राशिफल

मेष – उत्साह वृद्धि हुनेछ । आरोग्यता पनि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन: सुरु हुन सक्छन् भने मन यत्तिकै शान्त हुनेछ । दैनिक काम सन्तोषजनक सम्पन्न हुनेछन् । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – धन बढ्नेछ तर खर्च झन् ज्यादा हुन सक्छ । आज बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला तर समय राम्रो भएपनि विवाद बढने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवारमा पनि समस्या आउन सक्छ । कुनै नयाँ कार्यमा सफलता मिल्न सक्छ ।

मिथुन – आजको दिन रमाइलोसँग बित्ला । आरोग्यता वृद्धि हुनेछ । धनलाभको योग छ । पढाइमा प्रगति होला, दिन खुशी साथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउने मौका जुर्न सक्छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन् । साझेदारीको काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – ब्यस्तता बढे पनि आजको दिन सुखद रहला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । आयआर्जनको दृष्टिले पनि राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि शुभचिन्तकबाट राम्रो सल्लाह आउने देखिन्छ । नयाँ साथीसँग चिनजान हुने र आमोदप्रमोदको क्षण सिर्जना होला । सुख शान्ति बढ्नेछ ।

सिंह – आय राम्रै बढ्ने र आर्थिक कर्ममा सफलता हात लाग्ने दिन छ । आफन्तसित भेटघाट होला । सन्तानबाट सुख प्राप्त हुनेछ । मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने र धन कमाउने अवसर मिल्नेछ । खराब पक्षमाथि विजय प्राप्त हुनेछ ।

कन्या – कर्मबल बढ्ने र आयस्रोत बढ्ने देखिए पनि अरूको भर पर्दा काममा धोका हुन सक्छ । आजको दिन टाढाको यात्रा सकभर नगर्नुहोला । व्यर्थको खर्च होला । स्वास्थ्यमा पनि गडबडीको सम्भावना छ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ ।

तुला – शुभता बढ्ने र रोकिएको काम बन्नेछ । रोकिएको कार्य बन्ला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दिन राम्रो छ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । पठनपाठनमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन राम्रो छ । प्रेमभाव बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । शारीरिक र आर्थिक पक्षका काममा लाग्नु हितकर रहला ।

मकर – आज समय त्यत्ति शुभकारी छैन, ध्यान पुर्‍याउनुहोला । कसैसँग झगडा हुन पनि सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा पनि केही मनमुटाव होला । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला ।

कुम्भ – प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि होला । सामाजिक काममा नाम रहनेछ । ब्यापार तथा जागिरमा दिन ठिकै छ । तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ ।

मीन – व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख-सुविधा बढ्नेछ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । मीठो भोजन खान पाउनुहुनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।