२१ माघ २०७९, शनिबार

बेल्जियम कप्तान इडेन हाजार्डको सन्यास

  प्रकाशित मिति
२२ मंसिर २०७९, बिहीबार ०६:०१


कतार विश्वकपको समुह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले ३१ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो । दोस्रो खेलमा मोरोक्कोलाई नतिजा सुम्पिएको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेसँगै घर फर्कन बाध्य भएको थियो ।

समूह चरणमा तीनवटै खेल खेले पनि हाजार्डले गोल खाता भने खोल्न सकेनन् । हाजार्डले सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

उनले बेल्जियमबाट एक सय २६ खेलमा ३३ गोल गरेका छन् । बेल्जियमले २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनले प्रभावशाली प्रदर्शन गरेका थिए । सेमिफाइनलमा भने बेल्जियम फ्रान्ससँग निराश भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा