आज य: मरी पून्हिँ मनाइँदै

आज य: मरी पून्हिँ मनाइँदै


नेवार समुदायको चाडपर्व मध्येको एक य: मरी पून्हिँ पर्व हो । य: मरी भन्नाले आफूलाई मनपर्ने रोटी भन्ने बुझिन्छ । चामलको पिठोलाई मुछेर माछाकोजस्तो आकार बनाइ त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि आफ्नो इच्छाअनुसारको खाद्यवस्तु राखेर य:मरी बनाइन्छ । यसरी बनाइएको य:मरीलाई पानीको बाफबाट तयार पारिन्छ ।

नेवार समुदायमा प्रचलित कथाअनुसार योमरी देखापरेकै दिन धनका राजा कुवेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन्, यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेरले पाएको सत्कारबाट प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

यस्तै, नेवार समुदायमा कुनै पनि सभाकार्य न्वारन, विवाह, जन्मदिन गर्ने बेलामा समेत यमरीको प्रयोग गर्ने गरिन्छ ।

यमरी पूर्णीमाका दिन अन्न भण्डारण गर्ने स्थानमा समेत पूजा गरी अन्नपूर्ण भइ सुख, शान्ति भइरहोस् भनी पूजा अराधना गरिन्छ । यसदिन बालकदेखि वृद्धसम्मका समूहमा नाचगान गरी टोल टोलमा यमरी माग्न जाने परम्परा छ । यसरी आफ्नो आगनमा यमरी माग्न आएकालाई भगवान समान मानेर यमरी दिने गरीन्छ । यसैदिन रात छोट्टिएर दिन लामो हुने मान्यता रहेको छ ।