आजको पञ्चाङ्ग एवम् राशिफल (२२ मङ्सिर २०७९ बिहीबार, ८ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ मङ्सिर २०७९ बिहीबार, ८ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २२ गते तद्अनुसार सन् २०२२ दिसम्बर ८ तारिख विहीबार मार्गशीर्ष शुक्ल पूर्णिमा तिथि ८:३१ पर पौष कृष्णपक्षको प्रतिपदा तिथि रोहिणी नक्षत्र साध्य योग बालव करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४३ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । धान्य पूर्णिमा, धान्य पर्वतदान, गैडूपूजा, उधौली पर्व, यःमरी पून्हिँ  ।

आजको राशिफल

मेष – आज शुभता बढ्ने र मनोकूलको काममा सफलता मिल्ने योग भए पनि प्रतिष्पर्धामा केही पछि पर्नुपर्ला । तथापि, पारिवारिक सुख शान्ति बढ्नेछ भने शुभ समाचार प्राप्त होला । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको पनि सम्भावना छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ भने कार्यसफलता पनि मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । उत्साह बढ्नेछ ।

मिथुन – आयबल वृद्धि हुनुका साथै आफन्तको साथ मिल्नेछ । समस्याको समाधान प्राप्त होला । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । मान प्राप्त हुने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – लगानी बढ्ने समय छ । आज भरसक आर्थिक कारोबार नगरेकै राम्रो होला । रसरागमा आकर्षण बढ्नेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ, तर खर्च भने नसोचेको वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन तपाईंको निम्ति मिश्रित फल दिने खालको छ । कर्मबल र कार्यगति त बढ्नेछ तर परिश्रमअनुसारको फल नमिल्न सक्छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । आज सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । मिठो भोजन प्राप्त हुनेछ । हाकिमको साथ मिल्नेछ भने बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धिको समय हुँदा भविष्यको फाइदाका लागि लगानी बढाउन सकिनेछ । आज गरिएका कामको उचित मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । पारिवारिक सुख र शान्ति बढ्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – जोखिम बढ्ने समय भए पनि आँटेको काममा आज सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । प्रतिभाको उच्च मूल्यांकन होला । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । दौडधुप बढ्नेछ भने रसरागमा रुचि रहला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यता वृद्धि र मनोरञ्जनपूर्ण समयको योग भए पनि समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुमेको अनुभूति हुन सक्छ । जिम्मेवारी बढिरहनेछन् । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ भने जीवनसाथीको समस्याले चिन्तित तुल्याउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दु:ख पाइनेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – आरोग्यता बढ्ने र कार्यक्षमता वृद्धि हुने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । सन्तानसुख बढ्ला ।

मकर – प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यप्रति भने सजग रहनुपर्ने बेला छ । आजका लागि भारी खानपानको मोह त्याग्नु उचित हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – व्यस्तताका साथै परिवारिक सुख बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विद्यार्थी वर्गलाई फाइदाको दिन रहेको छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला ।

मीन – उत्साह र आनन्द बढ्नेछ । आफन्तको साथ कमै मिल्ने योग भए पनि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।