आजको पञ्चाङ्ग एवम् राशिफल (२१ मङ्सिर २०७९ बुधबार, ७ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ मङ्सिर २०७९ बुधबार, ७ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष २१ गते बुधबार तद्अनुसार सन् २०२२ दिसेम्बर ७ तारिख मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि ७:३१ पउ पूर्णिमा तिथि कृतिका नक्षत्र १०:४१ पर रोहिणी नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:४३ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । पूर्णिमा व्रत, कुठीधान्य लक्ष्मी पूजा, दत्तात्रेयजयन्ती ।

आजको राशिफल

मेष – आज शुभ काममा आकर्षण बढ्ने र धनबल वृद्धि हुनेछ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला, जीवनमा सुख वृद्धि हुनेछ । आज मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । तथापि, लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् भने परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । आश मारेको फल पुन: प्राप्त हुन सक्छ। समग्रमा दिन आनन्दमय रहला ।

मिथुन – आज तपाईंलाई स्वास्थ्य कमजोर भएको महसूस हुन सक्छ र पनि कार्यक्षमता वृद्धि हुनेछ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा समेत हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ ।

कर्कट – दिन मनोरञ्जनपूर्ण रहनेछ । आज आयआर्जन बढे पनि खर्चमा पनि वृद्धि होला । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने समय छ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । शुभता बढ्नेछ । मनोकूलको काम बन्नेछ । उत्साह जाग्नेछ । अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। साझेदारीको काम बन्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आज जोखिममा नपर्नु हितकर हुनेछ । बढी मिहिनेतले मात्र काममा सफलता मिल्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्यता बढ्नेछ र रोकिएका कामहरू बिस्तारै अघि बढ्नेछन् । कर्ममा सफल साबित हुनुहुनेछ । विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ। आत्मविश्वास बढ्नेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – दिन मिश्रित फलदायी रहला । आरोग्यता बढ्नेछ । धनको आगमन भइरहनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आजको दिन आशा उत्साह बढ्नेछ भने रसराग तथा प्रेममा सफलता मिल्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने योग पनि छ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आफन्तको साथ मिल्नेछ । प्रतिष्पर्धामा विजयी बनिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – ब्यस्तता बढ्नेछ भने बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ । तथापि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आजको दिन कार्यक्षमता वृद्धि हुनेछ, पारिवारिक जमघटमा रमाउने योग छ । प्रयासरत काम बन्नेछ, देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मीन – शुभता वृद्धि हुने दिन छ । पराक्रम वृद्धि हुनेछ भने रसरागमा आकर्षण बढ्ला । समयको गति पछ्याउने प्रयत्न गर्नु हितकर हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा सफलता र फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।