फिल्मीचरित्रका कारण जसले झेले मानसिक तनाव

फिल्मीचरित्रका कारण जसले झेले मानसिक तनाव


फिल्ममा आफ्नो भूमिकालाई वास्तविक देखाउनका लागि कलाकारले तमाम पापड बेल्नुपर्छ । शारीरिक रूपले भूमिकामा ढाल्नका लागि जिममा घण्टौँ पसिना बगाउनुपर्छ । आवश्यकता परे तौल बढाउन पनि कञ्जुस्याइँ गर्दैनन् । यो रह्यो शारीरिक बदलावको कुरा ।

तर, कैयौँ यस्ता कलाकार छन्, जसले कुनै पनि भूमिकाको लागि मानसिक बदलावको पनि सामना गर्नु परेको छ । सुटिङका समयमा कैयौँ भूमिका निभाउँदा निभाउँदै उनीहरू सोही चरित्रमा डुबिरहन्छन् । जसको कारण उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको छ । कैयौँ पटक त उनीहरू मानसिक रूपले विक्षिप्त पनि हुन्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जो चरित्र निभाइरहँदा मानसिक रूपमा विक्षिप्त पनि बने ।

दीपिका पादुकोण : सन् २०२० मा रिलिज फिल्म ‘छपाक’मा दीपिका पादुकोणले एसिड आक्रमणबाट पीडित महिला लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् । १५ वर्षको उमेरमा लक्ष्मीमाथि एसिड आक्रमण भएको हुन्छ । यो घटनापछि उनी एसिड बिक्री रोक्नका लागि लामो कानूनी लडाइँ लडेकी हुन्छिन् । फिल्ममा दीपिकाको अभिनयको सबैले प्रशंसा गरेका थिए । दीपिकाका अनुसार यो भूमिकाको प्रभावबाट बाहिर निस्कनलाई उनले यसमा प्रयोग गरिएको प्रोस्थेटिक्स नष्ट गर्नु परेको थियो ।

प्रियंका चोपड़ा : देशी गर्ल प्रियंका चोपडा पनि यो स्थितिबाट मुक्त छैनन् । फिल्म ‘बाजीराव मस्तानी’मा प्रियंकाले बाजीरावकी पत्नी काशीबाईको भूमिका निर्वाह गरेकी थिइन् । काशीबाईको भूमिका यस्तो पत्नीको हो, जो महलमा रहँदारहँदै उनका पति अर्को पत्नी लिएर आउँछन् । प्रियंकाले यो भूमिका निकै कष्टपूर्ण रहेको बताएकी छन् । किनकि प्रियंका निकै संवेदनशील छिन् । काशीबाईको सम्वाद बोलिरहँदा उनी भित्रबाट रोएकी थिइन् ।

राजकुमार राव : फिल्म ‘ट्रयाप्ड’ राजकुमार रावको शानदार फिल्ममध्ये एक हो । फिल्ममा उनले गल्तीले एक घरमा बन्धक युवकको भूमिका निर्वाह गरेका छन् । जुन घरमा बिजुली र पानी केही हुँदैन । फिल्म प्रमोसनका समयमा राजकुमारले फिल्मको तयारीका लागि शारीरिक र मानसिक रुपमा निकै तनाव झेल्नु परेको खुलाएका थिए । उनले करिब २० दिन गाजर खाएर र कफी पिएर बिताएका थिए ।

जान्हवी कपूर : केही समयअघि रिलिज फिल्म ‘मिली’मा अभिनय गर्दा अभिनेत्री जान्हवी कपूरले पनि यस्तै समस्या भोग्नुपर्यो । फिल्म ‘ट्रयाप्ड’को जस्तै यो पनि एक संघर्षपूर्ण कथा हो । जसमा मिली एक प्रिजमा फस्छिन् । जान्हवीका अनुसार फिल्मको सुटिङका समयमा उनको मानसिक स्वास्थ्यमा दुष्प्रभाव बढेको थियो । उनी सपनामा पनि फ्रिजमै बसेको देख्थिइन् । उनी बिमारी भइन् र दुई दिनसम्म पेन किलर खाएर बसिन् ।