सञ्चिता काठमाडौंमा निखिल पश्चात्तापमा

सञ्चिता काठमाडौंमा निखिल पश्चात्तापमा


-राजन घिमिरे
कलाकार सार्वजनिक सम्पत्ति हुन् । कुनै समारोह, माहौल या जमघटमा तिनीहरूको उपस्थिति साधारण मान्छेहरूका लागि ठूलै कुरा हो । तथापि यस्ता माहौलमा कलाकर्मीहरू निकै गर्वका साथ उपस्थित हुन्छन् र यस्तो जमघटमा सान, मान र मर्यादा पनि उनीहरूको रामै्र हुन्छ । तर, कहिलेकाहीँ गलत काम र व्यवहार गरिदिँदा समाज र राष्ट्रले नै गर्व गर्ने यस्ता कलाकारहरूलाई समाजबाट लुकेर हिँड्नुपर्ने अवस्थामा पनि आउँदो रहेछ ।
यसरी कसैले देख्लान् र कसैले ‘ए फलानी’ भनेर सम्बोधन गर्लान् भन्ने डरले गर्वले छाती फुलाएर हिँड्नुपर्ने कलाकार लुकीलुकी हिँड्नुपर्ने समय पनि आउँदो रहेछ । यस्तै परिस्थितिको यतिबेला सामना गरिरहेकी छिन् नायिका सञ्चिता लुइँटेल । निखिल त मेरो साथी मात्र हो भन्दै उसैसँग मायाप्रीति गाँसेपछि मुर्म्बईमा नै निखिलसँग दोस्रो विवाह गरेकी नायिका सञ्चिता लुइँटेल सुटुक्क काठमाडौं आएको चर्चाले सिनेमा उद्योग यतिबेला तातेको छ । निखिललाई मुर्म्बईमा नै छोडेर सञ्चिता काठमाडौंमा आउनुको कारण भने चलचित्र ‘कोही मेरो’को डबिङका लागि हो भन्ने कुरा खुल्न आएको छ । निखिल उप्रेतीसँग दोस्रो विवाह गरेपछि आलोचित हुन पुगेकी सञ्चिताले यसै हप्ता सुटुक्क एक निजी टेलिभिजनको चलचित्रसम्बन्धी कार्यक्रमलाई लुकेर नै अन्तर्वार्ता दिएकी छिन् । अन्तर्वार्ताको क्रममा सञ्चिताले भनेकी थिइन्, ‘यो अन्तर्वार्ता अरूहरूलाई नदिनू । म आएको कुरा कसैलाई पनि थाहा नहोस् ।’
सञ्चिताले आफू आएको कुरा जति नै गोप्य राखे तापनि अहिले एक कान दुर्इ कान मैदान हुन पुगेको छ । आफू आएको कुरा गोप्य राख्नु र कसैसँग पनि सर्म्पर्क नगरीकन गोप्य रूपमा बस्नुलाई अन्ततः निखिलसँगको विवाहका कारण बिथोलिन पुगेको निखिलको परिवारको दोषी सञ्चिता नै हुन् भन्ने कुरा स्पष्ट हुन पुगेको छ । ‘यदि सञ्चिता सही छिन् र उनमा कुनै खोट थिएन भने उनी किन लुकी-लुकी हिँड्छिन् त ?’ एक चलचित्रकर्मीको प्रश्न छ । त्यसो त ‘त्यो सञ्चिता नेपाल त आओस् त्यसलाई मैले जानेकी छु’ भन्ने निखिलपत्नी कोपिलाको अन्तर्वार्ता मिडियामा आएको थाहा पाएपछि कोपिलाबाट असुरक्षित भएको ठानेर सञ्चिताले आफ्नो काठमाडौं आगमनलाई गोप्य राखेको पनि हुन सक्छ भन्ने कुरा जानकारहरू बताउँछन् ।
प्राप्त अर्को जानकारीअनुसार नेपाली सिनेमा उद्योगमा राज गरेका र नाम अनि दामका साथ आलिशान जीवन बिताएका निखिल उपे्रती यतिबेला मुर्म्बईमा पश्चात्ताप मानिरहेका छन् । नेपालमा रहँदा सबैको वाहवाही र स्याबासी पाएका निखिल यतिबेला मुर्म्बईमा कोठाभित्र कैद भएर बस्दा निकै हतोत्साही र आफूले गल्ती गरेको महसुसका साथ दिनचर्या काटिरहेको कुरा मुर्म्बईबाट फर्किएका सिनेकर्मीहरूले बताएका छन् । ‘मैले गल्ती गरेँ । मेरो बुद्धि पुगेन । अब कुन मुखले नेपाल फक्यौर्ं भनेर उनी भन्दै थिए,’ चलचित्रको प्राविधिक कामका लागि मुर्म्बई गएका एक चलचित्रकर्मीले नेपाल आएपछि बताए । यता नेपालमा सञ्चिताको ‘मैले निखिललाई लगेकी होइन, निखिल आफैं मेरो पछि लागेर आएको हो’ भन्ने कुराले पनि निखिलको मन विक्षिप्त हुन पुगेको कुरा ती चलचित्रकर्मीले बताए ।

खोइ पूजना –
चलचित्र क्षेत्रमा उत्कृष्ट काम गरेबापत होइन, विभिन्न स्क्यान्डल र छापाहरूमा आउने अर्धनग्न तस्बिरका कारण सधैं चर्चामा आइरहने नायिका पूजना प्रधान फेरि एकपटक चर्चामा आएकी छिन् । तर, यसपटक माथि उल्लिखित कारणले होइन, अन्य कारणले चर्चामा आएकी हुन् ।
सिनेमाको नायिकाको पगरी पाए तापनि उनी कम नायिका र बढी मोडल हुन् । मोडलिङमार्फत विभिन्न क्षेत्रमा सक्रियता बढाएकी पूजा नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलकी सदस्य पनि हुन् । यो कुराको खुलासा अहिले आएर मात्र हुन पुग्यो । नेटवर्किङ व्यवसायमध्ये हर्बोको नाम पनि मिडियाहरूमा आएपछि सयौं व्यक्तिलाई सदस्य बनाइसकेकी पूजना यतिबेला निकै तनावमा छिन् ।
यो व्यवसायको बारेमा उनी आफैं कति जानकार छिन् वा छैनन्, त्यो पछिकै कुरा हो तर यो व्यवसायको बारेमा धेरैलाई ‘कन्भिन्स’ गराएर उनले थुपै्र सदस्य पनि बनाएकी रहिछिन् । सिनेमामा काम गर्न छोडेर हर्बोमार्फत नेटवर्किङ व्यवसायमा चुर्लुम्म डुबेकी पूजना प्रधानले यो क्षेत्रलाई निकै महत्त्त्वपूर्ण रूपमा उभ्याइन् अरूहरू माझ । यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने पूजनाको ‘कन्भिन्स’ गर्ने शक्ति र आइडियाको अगाडि अरूहरूको पनि केही लागेन र अन्ततः उनले जो-जसलाई भनिन् ती सबै हर्बोको सदस्य बन्दै गए । सुरुको समयमा आफ्ना ग्राहकहरू बढ्दै गएकोमा निकै प्रसन्न भएकी पूजनालाई आज त्यही प्रसन्नता अभिशाप हुन पुगेको छ । सुरुमा सदस्यको सङ्ख्या बढेकोमा अब मालामाल हुन पाइयो भन्ने उनको सोचले यतिबेला असफलता हात पारेको छ ।
‘नायिकाले भनिहालिन् बनौँ न त’ भनेर नबुझे तापनि पूजनाको वचन हार्न नसकेर हर्बोको सदस्य बन्ने थुपै्र चलचित्रकर्मी यतिबेला टाउकोमा हात राख्न बाध्य भएका छन् । यता आफ्नै सहकर्मीहरूलाई विभिन्न आश्वासन दिएर सदस्य बनाएकी पूजनाको खोजीमा सिनेकर्मी र उनका समकालीनहरू लागिपरेका छन् अहिले । ‘जसरी पूजनाले विभिन्न आश्वासनमा हामीलाई सदस्य बनाइन् अब त्यो रकम फिर्ता चाहियो नि,’ उनीहरूको तर्क छ ।
नेटवर्किङ व्यवसाय गैरकानुनी भएको समाचार आएपछि र सर्वसाधारणले रकम निकाल्न सुरु गरेको खबर एक कान दुर्इ कान मैदान भएपछि सिनेकर्मीहरू पनि आफ्नो रकम निकाल्न दौडधुप गर्न थालेका छन् । तर, विडम्बना आफूलाई जसले सदस्य बनाएकी हो त्यो नै लापत्त भएपछि सिनेकर्मीहरू आफ्नो रकम डुब्ने चिन्तामा परेका छन् । पहिले सदस्य बनाउन सिनेकर्मीहरूको घर-घरमा पुग्ने गर्थिन पूजना । अहिले आफ्नो रकम उठाउन उल्टै पूजनाको पछि लाग्न थालेका छन् सिनेकर्मीहरू । तर प्रतिफल हातमा लाग्यो शून्य †
‘त्यसो त, नायिकाले भनिहालिन्’ भन्ने सोचेर एकैपटक लाखौँ रुपैयाँ हात पर्ने सपनाका साथ हर्बोको सदस्य बन्ने सिनेकर्मीहरू पनि यसको दोषीमा पर्छन् । काम नगरीकन लाखौं कमाउने सपना देख्ने सर्वसाधारण नागरिकजस्तै समाज बदल्ने र समाजलाई चेतना दिने व्यक्तिको रूपमा चिनिने कलाकार पनि फस्छन् र यस्तालाई सपना बाँड्न सफल हुने पूजनाको तारिफ त गर्नैपर्छ नि †
मुसुक्क हाँसेको भरमा हजारौं लगानी गर्ने सिनेकर्मीहरूलाई बधाई †

अब ताते लक्ष्मीनारायण
चलचित्र निर्माताको रूपमा लक्ष्मीनारायण सुवाल नयाँ नाम त हो । तर उत्साह उमङ्ग र लगनशीलतालाई हेर्ने हो भने सुवालमा कुनै पनि पुराना चलचित्रकर्मीहरूको भन्दा कम विशेषता छैन । विभिन्न उपभोग्य सामानहरूको कुशल बजार व्यवस्थापकका रूपमा रामै्र नाम कमाएका सुवाल नेपालमा होर्डिङ व्यवसायको सुरुवात गर्ने पहिलो र्सजक पनि हुन् ।
विभिन्न क्षेत्र र विधाहरूमा आफ्नो दह्रो र बलियो उपस्थिति जनाइसकेका सुवाल अब चलचित्र निर्माणमा पनि गजव तरिकाले जम्ने उद्देश्यका साथ लागिपरेका छन् । लक्ष्मीनारायण सुवालले निर्माण गरेको चलचित्र ‘लभस्टोरी-२०६६’ अब प्रदर्शनका लागि तयार भएको छ । रहरले नभएर फिल्म क्षेत्रलाई व्यावसायिक रूपमा अङ्गाल्ने र यसमा निरन्तर रूपमा लागिपर्ने सोचका साथ उनी आएका छन् । ‘पहिले लभस्टोरी २०६६ रिलिज होस् अनि त्यसपछि म वर्षको दुर्इवटा सिनेमा निर्माणलाई निरन्तरता दिनेछु,’ निर्माता लक्ष्मीनारायण सुवालले बताए ।
चलचित्र लभस्टोरी २०६६ विशुद्ध रूपमा पे्रमकथामाथि आधारित चलचित्र भएको कुरा निर्माता सुवाल बताउँछन् । ‘सिनेमा विशुद्ध रूपमा पे्रमकथामाथि आधारित हो तर स्वच्छ मन र सफा उद्देश्यका साथ यो क्षेत्रमा लाग्नेहरू निकै कम देखेँ । नयाँ मान्छेलाई उत्साह र साथ दिनेहरूको कमीकै कारण नयाँ मान्छेहरू टिक्न सकिरहेका छैनन्,’ सुवालको चित्त दुखाइ छ ।
जसले जसरी आफ्नो यात्रामा अवरोध खडा गरे तापनि पछि नहट्ने उद्देश्यमा लागेका छन् सुवाल । ‘म आफ्नो उद्देश्यमा सफलता हात पारेर नै छोड्नेछु,’ लक्ष्मीनारायण सुवालले कटिबद्धता प्रकट गरे ।