कर्मचारीहरु संक्रमित भएपछि जपानस्थित नेपाली दूतावास सातादिन बन्द

कर्मचारीहरु संक्रमित भएपछि जपानस्थित नेपाली दूतावास सातादिन बन्द


  • विशेष प्रतिनिधि, कियो (जापान)

राजदूतसहित राजदूतावासका अधिकांश कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएपछि जापानस्थित नेपाली राजदूतावास झण्डै एकसाता बन्दको घोषणा गरिएको छ ।

टोकियोस्थित नेपाली राजदूतावासले सूचना टाँस गरेर डिसेम्बर ५ देखि ९ तारिखसम्मको लागि राहदानी तथा कन्सूलर सेवा उपलब्ध गराउने कर्मचारीमा कोभिड संक्रमणपश्चात दूतावास बन्द रहने भएको उल्लेख गरेको छ ।

राजदूतावासका कूटनैतिक तथा राहदानीसम्बन्धी काम गर्ने कर्मचारीमा कोभिड संक्रमण देखिएको दूतावासले जनाएको छ ।

३ र ४ तारिख शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले ५ तारिख सोमबार देखि शुक्रबार ९ तारिखसम्म दूतावास बन्द हुने भएको छ ।

डिसेम्बर २ तारिख समेत दूतावासका अधिकांश सेवा बन्द रहेको बताइएको छ । यस हिसाबले राजदूतावास ८ दिन बन्द रहने भएको छ ।

नेपाली राजदूतावासले आजै बिहान एक सूचना जारी गर्दै साइतामा प्रान्तमा भोलि शनिबार संचालन गरिन लागिएको घुम्तीसेवा समेत अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।