२१ माघ २०७९, शनिबार

बेलायतसँग त्रिपक्षीय वार्ता : भूपूगोर्खाको पेन्सनबारे प्राविधिक विषयमा छलफल

  प्रकाशित मिति
१५ मंसिर २०७९, बिहीबार ०८:३८


भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बेलायत-नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा नेपाली दूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरू एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागिता थियो । भूपू गोर्खाहरूको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङ, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारीहरू सहभागी थिए ।

बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुन: अर्को बैठक छिट्टै गरिने सहमति भएको छ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा