२१ माघ २०७९, शनिबार

३० वर्षपहिले चिस्याइएको भ्रुणबाट जुम्ल्याहा सन्तान

  प्रकाशित मिति
१३ मंसिर २०७९, मंगलबार ०३:३६


अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्माइएको छ । ३० वर्षअघि फ्रिज गरिएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्मिएका हुन् । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रुण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको छ ।

सन् १९९२ को अक्टोबर १४ देखि भ्रुण चिस्याइएको थियो भने ओरेगनकी रचेल रिजवेले त्यसैबाट गत ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी छन् । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ ।

दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो’, रचेलका पति फिलिप रिजवेको भनाइ छ ।

शिशुको जन्मबाट आफू आश्चर्यचकित परेको फिलिप रिजबेले बताए । राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रुणबाट शिशु जन्मिएका हुन् । सो संस्थामा दान दिइएको भ्रुणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ ।

यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रुणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ ।


63
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा