२३ मंसिर २०७९, शुक्रबार

मलेसियाको प्रधानमन्त्रीमा विपक्षी नेता अनवर नियुक्त

  प्रकाशित मिति
८ मंसिर २०७९, बिहीबार ०६:४६


मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त हुनु भएका छन् । अनिर्णित चुनावपछिको एक दिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारबाट उनको नाम अनुमोदन भएको थियो ।

दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी शअनवर इब्राहिमलाई मलेसियाको १०औँ प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ।’

भरखरै सम्पन्न निर्वाचनमा अन्वरको पाकतन हारापान (आशाको गठबन्धन) गठबन्धनले भ्रष्टाचार विरोधीका रूपमा प्रस्तुत हुँदै ८२ सिट जितेको थियो, तर आवश्यक ११२ सिट बहुमत भने पुगेको थिएन ।

त्यस्तै, पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनको पेरिकाटन नेशनल (राष्ट्रिय गठबन्धन) ब्लकले ७३ मत प्राप्त गरेको छ ।
इस्लामवादी पार्टीले समर्थन गरेका मुहिद्दीनले पत्रकार सम्मेलनमा कुनै पनि समूहसँग पर्याप्त सीट सङ्ख्या नभएकोले राजाले सुरुमा आफू र अनवरलाई ‘संयुक्त सरकार’ बनाउन आग्रह गरेको बताएका थिए ।

मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले जारी राजनीतिक गतिरोध तोड्नका लागि दुई प्रतिद्वन्द्वीलाई बोलाएका थिए ।


108
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल

बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि

समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका