२३ मंसिर २०७९, शुक्रबार

फिफा विश्वकप फुटबल : बेल्जियमद्वारा क्यानडा पराजित

  प्रकाशित मिति
८ मंसिर २०७९, बिहीबार ०२:०१


बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ ।

कतारको अहमद बिन अलि स्टेडियममा सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो ।

मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।

त्यसअघि खेलको ११औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका