२३ मंसिर २०७९, शुक्रबार

गुल्मी २ मा एमालेका विष्ट विजयी

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार ०९:३१


गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् ।

यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

उनको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

उनले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका छन् । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजित भएका थिए ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल