२३ मंसिर २०७९, शुक्रबार

भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार ०८:४५


भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’, चेसापेक शहरले एक ट्वीटमा भन्यो ।

गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४० भन्दा बढी आकस्मिक सेवाका गाडी पुगेका थिए ।

भर्जिनिया राज्यका सिनेटर लुइस लुकासले ट्वीटरमा भने, ‘आज राती भर्जिनियाको चेसापीकमा रहेको मेरो जिल्लाको वालमार्टमा अमेरिकाको भर्खरको सामूहिक गोलीबारी भएकोमा म अत्यन्तै दुखी छु । जबसम्म हामीले यस बन्दुक हिंसाको महामारी अन्त्यको समाधान खोज्दैनौँ तबसम्म म आराम गर्नेछैन ।’

आक्रमणबारे प्रहरीले छानबिन गरेको छ ।


45
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका