२३ मंसिर २०७९, शुक्रबार

आजको पञ्चाङ्ग एवम् राशिफल (७ मङ्सिर २०७९ बुधबार, २३ नोभेम्बर २०२२)

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार ००:३०


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ७ गते बुधबार तद्अनुसार सन् २०२२ नोभेम्बर २३ तारिख मार्गशीर्ष कृष्ण पक्षको अमावश्या तिथि विशाखा नक्षत्र शोभन योग चतुष्पाद करण आनन्दादियोगमा धाता योग चन्द्रमा तुला राशिमा १६:३९ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३२ मा भयो र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । दर्शश्राद्ध, हलो तथा निशी बार्ने ।

आजको राशिफल

मेष – दाम्पत्यसुख बढ्ने र आरोग्य वृद्धि हुने समय छ । आजको दिन नयाँ काममा हात हाले सफलता मिल्ने देखिन्छ । मान र विद्या प्राप्त होला । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदु:खमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्ने र चिताएको काम पूरा हुने दिन छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । सहयोगीको भर चाहिँ नपर्नु हितकर हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन शुभकारी सावित नहुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच पनि कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि सफलता मिल्न कठिन पर्ला । कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना पनि छ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । आशा उत्साह पनि वृद्धि होला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । तर विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ ।

सिंह – पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक कार्यमा सफलता मिल्नेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – भाग्यबल बढ्नेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै बाधाहरू हट्ने समय आएको छ । नसोचेको ठाउँबाट धन प्राप्त होला । सुखदु:खमा साथ दिनेहरू भेटिनेछन् । मनोकूलको काममा सफलता मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – आरोग्य बढ्नेछ । रोकिएको काम बन्ने लक्षण देखिए पनि आफ्नैबाट धोका मिल्न सक्छ । अनायसै खर्च हुने योग छ, सचेत रहनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ ।

वृश्चिक – आजको दिन ठूला व्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना देखिन्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु – दिन राम्रो छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ होला । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, होस राख्नुहोला । दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयबल बढ्नेछ । भाग्योदय हुनेछ ।

मकर – कर्मबल बढ्ने र पारिवारिक सुख प्राप्त हुने योग रहे पनि आज आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउने सम्भावना छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने योग पनि रहेको छ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला ।

कुम्भ – आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनु हितकर रहनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्या निम्तिन सक्छ । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – भागदौड बढ्नेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । सोचीविचारी काम गर्नु कल्याणकारी हुनेछ ।


675
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका