२३ मंसिर २०७९, शुक्रबार

वृत्तचित्रमा न्यायको खोजी

  प्रकाशित मिति
३ मंसिर २०७९, शनिबार ०१:३२


जलवायु परिवर्तनका कारण नेपालमा देखापरेको विकराल समस्यालाई वृत्तचित्रमार्फत पहिलोपल्ट अन्तरर्राष्ट्रिय मञ्चमा देखाइएको छ । नेपालका उच्च हिमाल, मध्यपहाड र तराई सबै भेगमा जलवायु परिवर्तनका असर, त्यसले महिला, बालबालिका र समग्र जनजीवनमा परेको असरबारे तयार पारिएको वृत्तचित्र ‘भ्वाइस फर जस्टिस’ इजिप्टमा जारी कोप-२७ महासम्मेलनमा देखाइएको हो ।

इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप २७) मा नेपालले हानी नोक्सानी र जलवायू न्यायका मुद्दालाई विभिन्न ढङ्गले उठाइरहेको छ ।

सोही क्रममा ‘साथसाथै’ फाउण्डेसनले बनाएको यो वृत्तचित्रलाई गत बुधबार यूएनएफसीसीसी स्वयंले संयोजन गरेको कार्यक्रममा देखाइएको वृत्तचित्रका लेखक एवं निर्देशन वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले जानकारी दिएका छन् ।

सोही महासम्मेलनमा नेपालमा अन्य सहयोगी गैरसरकारी संस्थाले आयोजना गरेका कार्यक्रममा पनि उक्त वृत्तचित्र देखाइएको थियो ।

वृत्तचित्रमार्फत नेपालको उच्च हिमाल, पहाड, तराई, मधेशको भू–भागमा जलवायु परिवर्तनले ल्याएको हानी नोक्सानीबारे सचित्र प्रस्तुति गरिएको साथसाथैकी अध्यक्ष प्रजिता कार्कीको भनाइ छ । यो वृत्तचित्रले नेपालमा भएको हानी नोक्सानीको क्षतिपूर्तिका लागि विश्वले ध्यान दिनुपर्ने सन्देश दिएको बताइएको छ ।

वृतचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा हिँउ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, वेमौसमी वर्षाले धनजन, अन्नबालीमा पुर्‍याएको क्षति समेटिएको छ । गत वर्ष मार्च–८ मा साथसाथैले विभिन्न क्षेत्रका अगुवा ४० जना महिलालाई सगरमाथा आधारशिविर, कालापत्थरसम्मको पैदलयात्रा गराएको थियो । वृत्तचित्रमा त्यसको सन्देशसहित सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसैवर्ष वर्षाले पुर्‍याएको क्षति त्यसमा समावेश छ ।

अध्यक्ष कार्कीका अनुसार नेपालमा भएको हानीनोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृतचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिइएको छ ।


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका