२३ मंसिर २०७९, शुक्रबार

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

  प्रकाशित मिति
१ मंसिर २०७९, बिहीबार १६:३४


नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलरसँग गत शुक्रबार सम्झौता गरेका हुन् ।

फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको चर्चित फिल्म कलेजसँग आफूहरूले सम्झौता गरेको उप्रेतीले जानकारी दिए । ‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन । हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सृजनात्मक र प्राविधिक दुवै हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ,’ क्याम्पस प्रमुख उप्रेतीले भनेका छन् ।

सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदानप्रदान गर्नेछन् । यसरी आउने–जाने विद्यार्थी एक महिना, तीन महिना र ६ महिनासम्मका लागि आउन–जान सक्ने जानकारी दिइएको छ । नेपालबाट जाने विद्यार्थी न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लस एञ्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन् । अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन् ।

नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौता भएको बताइएको छ । विद्यार्थी आदान प्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमाका विविध विषयमा कार्यशाला तथा मास्टरक्लासको आयोजना हुने पनि सम्झौतामा उल्लेख छ ।

यसैगरी, नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा रहेका कथाको उत्खनन् गर्ने र तिनलाई दृश्यमा जिवन्त बनाउने ‘कथा यात्रा’को आयोजना गरिने पनि बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका