रुन्छन् बुद्धका शान्त नयन- रामेश्वर राउत मातृदास

रुन्छन् बुद्धका शान्त नयन- रामेश्वर राउत मातृदास


ठक्करे ठाइँली †
भोट हाल्दाहाल्दै
यही आङको भोटोजस्तै जीर्णविदीर्ण छ जीवन
भोट लिएर जानेहरू,
हाम्रा लागि दुर्लङ्ग्य दासका फल भए मलका मूलाहरू †
कठै † हाम्रा होनहार युग,
हेर्दाहेर्दै फोस्सैमा बर्बाद भयो दुःखको भल †

उप्रान्त, यो आशाको बरियो
तिमै्र मुहारमा देख्छु म अलिकति हरियो,
अँधेरी रातमा जून छ
बिहानी घाममा उत्सवको धून छ
तिम्रो सपनामा मैले रोपेको,
जवानी जीवनको फूल छ

तिमीभित्रै बसेको छु रमाउँदै बास
तिमीबाहेक छैन मेरो अन्त कुनै आश
बिर्सनेले बिर्से पनि तिम्ले सम्झे पुग्छ
तिमीभित्र म ब्युँझने मेरो अमर युग छ

आई बज यो मनको बाँसुरीमा धून
चाँदनी हौ तिमी मेरो म हँु रातको जून
हृदयको छाल मिलाउँm भाव एकाकार
मधुर मिलन घन्किरहँु मनमा बारम्बार

मनबारीका फूल फैली बास्ना परपर
बास बसौँ देउरालीमा मनमन्दिरमा छ घर
फुल्यौँ हामी यही माटोमा शीतल जून/घाम
लक्ष्य चुम्ने मार्ग यही हो सृष्टि निर्झ धाम

यी पीडाका कक्करमा
भाग्य र भविष्यको खप्पर ठोकेर
उद्देश्यको गोरेटाहरूमा
लक्ष्यको यात्राले सफलता नचुम्ने भए ठक्करे ठाइँली अब †
उप्रान्त, भोट दिएर चोट बटुल्ने,
यी लाचार छारो/धुलाको सबै भर-विश्वास बाढी बग्यो
आँगनमा छरिएका बिस्कुन
र, स्वतन्त्र पन्छीको उन्मुक्त जीवन,
हामी आफैं समुद्र हौँ सृष्टिको शिखर
हामी स्वयम् घाम बन्नुपर्छ/आफैं जुन कौरव/कंस कसैलाई दिन हुन्न
मनमुरलीको दिव्य मधुर धुन †

ठक्करे ठाइँली †
ज्ञान, विद्या-बुद्धि र पृथ्वी,
जसले आर्जन गर्न सक्छ त्यसैकी हुन् यी †
हामी अक्करमा सर्‍यौँ र तारेभीरमा झर्‍यौँ
र, आज यो अन्धकारको जङ्घारमा पर्‍यौँ ठक्करे ठाइँली,र्
भर्खर घामचरी भाले बास्यो †
उठ, अब आशाको बिहान अवश्य फक्रनुपर्छ हाम्रो मन

खेल्नसम्म खेल्यौँ हामी
नाच्नुविधि नाच्यौँ आफ्नै आँगनमा
अन्धकारको रत्यौली †
ठक्करे ठाइँली † उप्रान्त बत्ती बालेर
आफैंले आफूलाई खोज्यौँ भने मात्र,
सत्यको महासागरमा
अजम्बरी तारा हात लाग्नेछ भाग्य र भविष्यलाई चुमेर

घामलाई सत्तोसराप गरेर
लाटोकोसेरो कहिल्यै वशिष्ठ ऋषि बन्दैन
ठक्करे ठाइँली †
उप्रान्त, बत्ती बालेर
आफैंले आफूलाई नखोजेसम्म
सृष्टि केही पाइन्न †

मैले गीत गाएको छु धून सजाएर
मैले शीत ल्याएको छु जून जगाएर

धून दिऊँ कि जून तिम्लाई भन मन खोली
मीठो लाग्छ मलाई तिम्रो पन्छी मधुर बोली
बिहानीको घाम आउनु अन्धकारमा जून
मुरली यो न्याउली रुन्छु नबजेमा धून

धून मीठो गीतसित जून नाच फूल
मनको गाँठो फुकाएर आज हिमाल खुल
अन्धकार हुन्न कहिल्यै तिमी आउने रात
दुर्इ ज्यान बेग्लै भए पनि एउटै हाम्रो आँत

अन्धकारको भारी बोकेर
उत्सवको उज्यालो नाच्न सकिन्न
ठक्करे ठाइँली †
जूनलाई जुनकीरीको आश्वासन चाहिन्न
हामी आफैंले पाएका छौँ देदीप्य महानता,
दीप/दीप मिलेर महादीप बन्नु छ
महादीपको उत्सवमा अन्धकार पाइन्न

ठक्करे ठाइँली † अप्पो दिपो भवः
अन्धकारमा आँखाले काम गर्दैन,
चेतनाको ज्योति नबालेसम्म जिन्दगी बुझिने घाम लाग्दैन
भोली बिहान झुल्कने घाम
र अन्धकारमा नाच्ने जून हामै्र लागि हुन्
चोटका चित्कार बिर्सेर
उप्रान्त, चेतनाको बत्ती बालेनौँ भने
ठक्करे ठाइँली † दुखिरहन्छ कोमल मन †
र, रोइरहन्छन् बुद्धका शान्त नयन ††