- ई. गणेशराज वस्ती
मानिसहरू संसार घुम्छन् !
कतिकति घुमिसके पनि !
अझै राम्रा ठाउँका खोजीमा पनि होलान् !
तर,
म भने
आफ्नो संसार यहीँ
नेपालभित्रै देख्छु !
कति कति राम्रा !
सुन्दर गाउँ छन् यहाँ !
यो हर्मी चहूर !
मिर्मी पारीको यौटा गाउँ !
यति सुन्दर लाग्यो कि मलाई !
यसको बयान गर्न !
शब्दकोषकै अभाव छ !
पहिले एकपटक
यसको बीच भएर गएथेँ !
आज भने वारिदेखि पारी !
धेरै पटक हेरेँ,
निकै सुन्दर लाग्यो !
यत्रा रोकेरै हेर्न मन लाग्यो !
पहाडको फेदमा छ छन् त !
तर,
निकै पारिलो !
वनै पारिलो !
मनै पारिलो !
हरियाली उस्तै !
छरिएका घरहरू !
रङ्गिन टिनले सजिएका !
समृद्ध बस्ती लाग्छ !
नेपालका हर गाउँलाई
यसकै उचाइमा पुर्याउन पाए !
हाम्रो नेपाल,
सुन्दर नेपाल,
हुने थियो होला !
गाउँको निकै पारीबाट हिड्दै छु,
तथापि मेरो आँखा, मन र मस्तिष्कलाई
यो गाउँले यसरी तानिरहेछ !
चुम्बकले फलामलाई के तान्छ र !
लोभीको आँखालाई धनले तानेभन्दा बढ्ता !
बृद्ध शरीरलाई वनले तानेकोभन्दा तेज !
हिउँलाई हिमालले तान्नेभन्दा तीव्रता !
यो देख्दा मनभित्र कताकता चड्कने परिरहेछ !
यहाँ भित्रै बिजुली माइक्रो सेकेन्ड गतिमा चम्किरहेछ !
मानेका छैनन् आँखा यो गाउँ भन्दा टाढा जान !
तर पनि,
जान त परि गो !
नेपालमा यस्ता धेरै गाउँ छन् ।
जो,
संसारका श्रृङ्गार हुन्
यस धरतीका
गहना हुन् ।
जुन् गाउँले यसरी मोहित पार्छन् कि
एक्कासि सपनामा पुगे जस्तो हुन्छ !
अनि पुन: सोच्छु यस्तो ठाउँ पनि नेपालमा !
ओहो !
ईश्वरको अनुपम उपहार !
त्यहीँ घर बनाएर बसुँबसुँ लाग्ने !
तर के गर्ने ?
सम्भव नहुने !
अस्ति गोरखाको सिरानडाँडा, भच्चेकले त्यस्तै गर्यो !
त्यही दिन झ्याँवा, कुसुन्डे, मुच्चोकले धन्दै उतै राखेथ्यो !
अलिक अगाडि काठमाडौको तारेभिरमा यस्तै रमाएँ ।
आज फेरि स्याङ्जाको बिर्घा !
लगायत धेरै गाउँले मोहित पारे ।
यो हर्मिचहूर !
कतिकति मनोरम !
वाहा !
यस्को तारिफ कति गरूँ ?
मेरो मनमा तारिफको आँधी जन्मिएछ !
एक भीषण बाढीको माहोल बनेको छ !
मनलाई लठ्ठै बनायो !
तथापि अघि त बढ्नु नै छ ।
बढो मुश्किलले बढें है !
हर्मीचहूरलाई कोटिकोटि नमन !
प्रतिक्रिया