डब्लुटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुनर्जीवित पार्न आह्वान

डब्लुटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुनर्जीवित पार्न आह्वान


विश्व व्यापार संगठन (डब्लुटीओ)ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लुटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलाले बताइन् । आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् ।

युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्वमन्दीको अवस्था सृजना गरेको छ ।

‘अब हामीले आगामी मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा ग्लोबल ट्रेड निकायको वार्षिक सार्वजनिक फोरमको उद्घाटनमा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी…, हामी बिस्तारै अगाडि बढ्दै गरेको पनि त्यही हो । तर, रिकभरीको लागि पनि हामीले सोच्न सुरु गर्नुपर्छ । हामीले आर्थिक वृद्धि पुनः जगाउनुपर्छ ।’

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन् । व्यापार संख्याका सूचकहरू ‘धेरै राम्रो नदेखिएको’ उनले बताइन् ।