१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधारण उत्रिए विरोधमा

१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधारण उत्रिए विरोधमा


केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक शहर सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिडशून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दालाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटरजस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ’ भनेर चिच्याएको सुन्न सकिन्छ ।