२३ मंसिर २०७९, शुक्रबार

पछि हटे बाबुराम, अब पाए जागिर खाने मुडमा !

  प्रकाशित मिति
१२ आश्विन २०७९, बुधबार ०३:३०


केही वर्षयता भड्कावपूर्ण व्यवहार देखाउँदै आएका ‘माओवादी नेता’ डा. बाबुराम भट्टराई आगामी संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् ।

भट्टराई काङ्ग्रेसको समर्थन लिएर गत निर्वाचनमा गोर्खा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै विजयी बनेका भट्टराईले शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डलाई आगामी संसदीय निर्वाचनमा आफू उम्मेदवार बन्न इच्छुक नरहेको जानकारी गराएका छन् ।

निर्वाचनमा विजयी बने पनि मन्त्री बन्न नसकिने र प्रधानमन्त्री बन्न नदिने स्थिति भएकोले मात्र भट्टराई उम्मेदवार नबन्ने भएका हुन् या त्यसका पछाडि अन्य कारण पनि छन् भन्ने स्पष्ट हुन सकेको छैन ।

केहीअघि गोर्खा–२ मा प्रचण्डले नै उम्मेदवारी दिने चर्चा चलेको थियो, तर अहिले प्रचण्डले चितवनबाटै चुनाव लड्ने निर्णय लिइसकेका छन् । अब काङ्ग्रेसका कुनै असन्तुष्टलाई उक्त निर्वाचन क्षेत्र दिएर चितवनमा अनुकुल वातावरण बनाउने योजनामा प्रचण्ड रहेको बताइन्छ । चुनावमा बाबुराम भट्टराई आफ्नै छोरीलाई जिताउन लागिपर्ने सम्भावना रहेको बताउन थालिएको छ ।

सो निर्वाचन क्षेत्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार बन्ने सम्भावना कम रहेको छ । श्रेष्ठको राष्ट्रियसभामा चार वर्षभन्दा बढी कार्यकाल बाँकी भएकोले उम्मेदवार बन्ने सम्भावना कम रहेको हो ।

बाबुराम भट्टराईलाई उच्च स्तरमा कुनै संयन्त्र खडा गरेर सम्मानस्वरुप जागिर दिइन सक्ने सम्भावना छ । तर बाबुराम यसरी पछि हट्नुलाई स्वभाविक मानिएको छैन । उनी अर्को कस्तो खेलको तयारीमा होलान् भन्ने जिज्ञाशा राखिएको छ ।


2.358k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल

बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि

समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय

नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले