२३ मंसिर २०७९, शुक्रबार

गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन आग्रह

  प्रकाशित मिति
१२ आश्विन २०७९, बुधबार ००:४३


काठमाडौं महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ ।

महान् पर्व बडादशैँ र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा मंगलबारदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ ।

उक्त टोलीले मंगलबार नै प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो ।

अनुगमनका क्रममा खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा म्याद गुज्रिन लागेको चामल भटिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिएकी छन् । कुनै पनि सामग्री खरिद समयमा केही समस्या परे कामपाको हटलाइन नम्बरमा फोन गरी गुनासो टिपाउन उनको आग्रह छ ।


45
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुन: निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहेका