आबेको अन्तेष्टिअघि विरोधमा उत्रिए हजारौँ प्रदर्शनकारी

आबेको अन्तेष्टिअघि विरोधमा उत्रिए हजारौँ प्रदर्शनकारी


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा विरोधमा हजारौँ प्रदर्शनकारीहरू भेला भएका छन् ।

आबेको अन्तेष्टिमा सहभागी हुन विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्त्येष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दाबढी प्रहरी अधिकारी परिचालन गरिएको जनाइएको छ । एक राजनीतिक कार्यक्रमममा गोली हानेर हत्या भएको थियो । उनी ६७ वर्षका थिए ।