अन्तत: रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, वरियतामा पाँचौँ स्थान

अन्तत: रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, वरियतामा पाँचौँ स्थान


विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार (१२ असोज) काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरियतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका उनी राप्रपामा पाँचौँ वरियतामा रहने स्रोतको भनाइ छ ।