१६.२९ गुणा बढी आवेदन परेको सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड मंगलबार

१६.२९ गुणा बढी आवेदन परेको सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड मंगलबार


सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ भोलि (असोज ११ गते मंगलबार) बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

त्यसमध्ये ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ३ कम्पनीको शेयर पाउनेछन् ।

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार बडादशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।