आपूर्ति असफल भएपछि पुटिनले गरे जनरल बर्खास्त

आपूर्ति असफल भएपछि पुटिनले गरे जनरल बर्खास्त


युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनरललाई बर्खास्त गरेका छन् । उपरक्षामन्त्री जनरल दिमित्री बुल्गाकोभलाई शनिबार उनको भूमिकाबाट हटाइएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारीमा उनी नै थिए ।

मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह शहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।