१२ आश्विन २०७९, बुधबार

बारामा डेङ्गुको प्रकोप बढ्दै, ४४ जनामा डेङ्गु पुष्टि

  प्रकाशित मिति
६ आश्विन २०७९, बिहीबार ०१:२०


बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । धेरै उपचार गराएर निको भई घर फर्केका छन् भने कतिपय प्रदेशिक अस्पताल कलैयामा उपचार गराइरहेको निमित्त प्रमुख यादवको भनाइ छ।

डेङ्गु रोग परीक्षण गर्ने कीटको अभावमा अझै रोग पत्ता लगाउन नसकेको हुँदा कीटको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी दिएको निमित्त जनस्वास्थ्य प्रमुख यादवले जानकारी गराए । डेङ्गु रोग अझै बढ्न सक्ने उनको भनाइ रहेको छ ।

बारामा डेङ्गुबाट अहिले मृत्यु भने भएको छैन । डेङ्गु रोग प्राणघातक रोग भएको हुँदा घर वरपर सरसफाइ राख्न, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिनेलगायतका स्वधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा. विकेश पाण्डेयले सुझाव दिएका छन् ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तस्बिर रासस करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६

नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य

काठमाडौं महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन