१२ आश्विन २०७९, बुधबार

ब्याजदर वृद्धिप्रति महासङ्घको ध्यानाकर्षण

  प्रकाशित मिति
५ आश्विन २०७९, बुधबार २०:१३


नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक वित्तीय संस्थाले यही असोज १ देखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्याजदर वृद्धिका कारण कोभिड महामारी तथा वित्तीय क्षेत्र असन्तुलनका कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायी झन प्रभावित हुने महासङ्घले जनाएको छ । बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासङ्घले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको जनाएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने महासङ्घको ठहर छ ।

सङ्कटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको जनाउँदै महासङ्घले विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गरेको छ ।

‘तर पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित हुनेछ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा सङ्कट आउन सक्ने अवस्था सिर्जना भएको छ’, महासङ्घले भनेको छ ।

अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासङ्घले माग गरेको छ ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माओवादीले चुनावी लहर आफ्नो पक्षमा बनाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको लोकप्रियतालाई प्रयोग गर्ने भएको छ । माओवादीसम्वद्ध सूत्रका

विश्व व्यापार संगठन (डब्लुटीओ)ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लुटीओकी महानिर्देशक एनगोजी

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक शहर सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । दुर्लभ

सही व्यक्तिले प्रतिनिधित्व गरे भने पिछडिएको समुदायको मात्र नभइ सिङ्गै मुलुकको उत्थान हुन सक्छ, विचारविहीन मांसपिण्ड जुनसुकै जातिका भए पनि