१२ आश्विन २०७९, बुधबार

अवैध सुनसहित तीन जना पक्राउ

  प्रकाशित मिति
५ आश्विन २०७९, बुधबार २०:०१


अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन् ।

विमानस्थलका अनुसार हिमालय एयरलाइन्सको उडानबाट बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तस्बिर रासस करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६

नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य

काठमाडौं महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन