१२ आश्विन २०७९, बुधबार

४८ राजनीतिक दलले बुझाए समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची

  प्रकाशित मिति
४ आश्विन २०७९, मंगलबार ०४:०५


प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार अबेरसम्ममा बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार दलहरूले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन् । आयोगले आज मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माओवादीले चुनावी लहर आफ्नो पक्षमा बनाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको लोकप्रियतालाई प्रयोग गर्ने भएको छ । माओवादीसम्वद्ध सूत्रका

केही वर्षयता भड्कावपूर्ण व्यवहार देखाउँदै आएका ‘माओवादी नेता’ डा. बाबुराम भट्टराई आगामी संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् । भट्टराई

तस्बिर रासस करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६

असन्तुष्ट पक्षलाई अल्मल्याउँदै आफूहरूको स्थिति अनुकुल बनाउने कार्यनीतिक चाल चलेको भए पनि काङ्ग्रेसभित्रको अन्तरद्वन्द्व सहजै मत्थर हुन सक्ने स्थिति छैन