दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि

दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि


रुपन्देहीको कोटीहवामा सञ्चालित २०औँ लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ ।

पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफसी लाई एक गोलले हराएको हो । आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो ।

एक नाइजेरियन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा एक गोल मात्र गर्न सफल थियो भने दुई गोल गर्दै फर्साटिकरले अग्रस्थानमा थियो । त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः एक गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो । खेल बराबरीमा सकिएको थियो ।

ट्राइब्रेकरमा ५–५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुनः ४–४ गोल भयो । त्यसपछि पनि ३–३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन । सँगै गोलकिपरको प्रहार पनि जितहारको साबित भएन । त्यसपछि भएको ३–३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो ।

विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।