घरेलु मैदानमा नेपाल बंगलादेशसँग पराजित, प्रशिक्षकले दिए राजीनामा

घरेलु मैदानमा नेपाल बंगलादेशसँग पराजित, प्रशिक्षकले दिए राजीनामा


काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ । खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो । अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो ।

यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३औं र ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ ।

यसरी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए ।

‘साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन, त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भनेका छन् ।