अष्ट्रेलियाको तासमनियामा एन्फाले छान्यो नयाँ कार्यसमिति

अष्ट्रेलियाको तासमनियामा एन्फाले छान्यो नयाँ कार्यसमिति


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

प्रवासमा खेल र नेपाली खेलाडीहरूलाई प्रेत्साहन गर्ने उद्देश्यले गठन गरिएको अष्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन तासमनिया (एन्फा)ले नयाँ कार्यसमिति गठन गरेको छ । ८ सेप्टेम्बरका दिन अष्ट्रेलियाको तासमनियामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

पूर्वखेलाडी जगदीश खड्काको अध्यक्षतामा गठन भएको नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मनिष पोखरेल, सचिवमा सुदिप तामाङ, सहसचिवमा विशाल सुब्बा र कोषाध्यक्षमा अरविन स्याङ्वा छानिएका छन् । यसैगरी एन्फाको पब्लिक रिलेशन अफिसरमा लोकेन बिष्ट र अडिटरमा सन्तोष आचार्य रहेका छन् ।

युडी गुरूङ, अजय गुरूङ र पूर्ण आले मगर सल्लाहकार रहेको यो संस्थाले चाँडै फुटबलको लिग सन्चालन गर्नेदेखि बालबालिकाहरूको लागि किड्स ऐकेडेमी र एन्फा अन्तरप्रदेशीय फुटबल प्रतियोगिता सन्चालन गर्ने तयारी गरिरहेको छ । खेलमार्फत नेपाली नेपालीबीच भाइचारा बढाउने र प्रवासमा हुर्कंदै गरेको दोस्रो पुस्तालाई नेपाली खेलकुदको बारेमा जानकारी गराउनुका साथै नेपाली-नेपालीबीच सदभाव कायम गर्ने तर्फ पनि संस्थाको जोड रहने अध्यक्ष जगदीश खड्का र पब्लिक रिलेशन अफिसर लोकेन बिष्टको भनाइ रहेको छ ।