चलचित्र ‘नालापानी’को सिड्नीमा विशेष प्रदर्शन हुने

चलचित्र ‘नालापानी’को सिड्नीमा विशेष प्रदर्शन हुने


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को सेप्टेम्बर २४ तारेख शनिबार अष्ट्रेलियाको सिड्नीमा विशेष शो हुने भएको छ । सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा यो चलचित्रको विशेष शो हुन लागेको हो । चलचित्रको सिड्नीमा आरकेएस अष्ट्रेलिया, अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट र अर्बिट अस्ट्रेलिया समूहले मिलेर शोको आयोजना गरेका हुन् ।

शो आयोजकमध्येका एक आरकेएस अष्ट्रेलियाका रविन्द्र कुमार शर्माका अनुसार नेपालको इतिहासको बारेमा नयाँ पुस्तालाई जानकारी दिन १२ वर्षभन्दा कम उमेरका दर्शकलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था समेत मिलाइएको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो । चलचित्रको अध्ययन तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने निर्देशन रिमेश अधिकारीको रहेको छ ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।