दया र सौगातको चलचित्र दुई नम्बरी सिड्नीमा प्रदर्शन हुने

दया र सौगातको चलचित्र दुई नम्बरी सिड्नीमा प्रदर्शन हुने


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

चलचित्र दुई नम्बरीले सिड्नीको यात्रा तय गरेको छ । दीपेन्द्र लामाको निर्देशन रहेको यो चलचित्रलाई सिड्नीको प्रर्दशनको जिम्मा पाएका फन्टाष्टिक ऐभेन्टका गगन शर्माका अनुसार चलचित्र दुई नम्बरी अक्टोबर ७ तारेखका दिनदेखि सिड्नीमा प्रदर्शन हुने भएको छ, ‘यो चलचित्रको माग सिड्नीमा राम्रै भएका कारण म यो चलचित्रसँग जोडिएको हुँ । नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो चलचित्र हामी पूरा सिड्नी र नेपाल एकसाथ रिलिज गर्दैछौँ’, शर्माले भने ।

सिड्नीमा यसअघि प्रदर्शनमा आएको चलचित्र कबड्डी-४ ले कमाएको सफलता र लोकप्रियतासँगै दयाहांग राई र सौगात मल्लले एकसाथ काम गरेको यो अर्को चलचित्र हो ।

पछिल्लो समय दयाहांग राई र सौगात मल्लको जोडी भएको चलचित्रले सफलता हात पारिरहेको समयमा आउन लागेको चलचित्र दुई नम्बरीमा दया र सौगातसंगै उपासना सिंह ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।