१२ आश्विन २०७९, बुधबार

अन्तिम संस्कारको छायांकन मुस्ताङबाट आरम्भ

  प्रकाशित मिति
२ आश्विन २०७९, आइतबार ०५:२५


चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङबाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को गत शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो ।

सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन् । चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए । चलचित्रको निर्माता विनोद सुवेदी हुन् भने निर्देशन प्रदीप शाहीले गर्नेछन् । प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायांकनको ब्यवस्थापन गर्दैछन् ।

झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।


90
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट

तस्बिर रासस ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुने

photo: rss नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको प्रतिक्रिया दिएका छन् ।

चर्चित गायक दीपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ