भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा


नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको हो ।

नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् ।

साफ महिला च्याम्पियशिपको इतिहासमा अब नेपालले पहिलो पटक बङ्गलादेशलाई प्रतिद्वन्द्वी पाएको छ । घरेलु समर्थकका माझ नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सोमबार हुनेछ । शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । समूह चरणको खेलमा नेपालले भूटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलङ्कालाई ६–० गोलअन्तरले हराएको थियो ।

यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो । छैटौँ संस्करणमा नयाँ राष्ट्र च्याम्पियन हुने निश्चित भएको छ ।