देउवाको नेतृत्वमा देश उँभो लाग्दैन : कर्ण मल्ल

देउवाको नेतृत्वमा देश उँभो लाग्दैन : कर्ण मल्ल


प्रधानमन्त्रीसहित रहेका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको अत्याचार सहन नसकी हालै काङ्ग्रेस छोडेर नेपाली काङ्ग्रेस (बीपी)को वरिष्ठ उपसभापतिको जिम्मेवारी सम्हालेका जुझारु एवम् प्रजातन्त्रवादी युवा नेता हुन् कर्ण मल्ल । आफूले वर्षौंदेखि पसिना बगाएको पार्टी नेपाली काङ्ग्रेसमा रहेर काम गर्नै नसक्ने, काम गर्नै नदिने अवस्थामा कर्ण मल्ललाई पुऱ्याइयो र, काङ्ग्रेस सभापति शेरबहादुर देउवाकै कोपभाजनमा परेर उहाँ नेपाली काङ्ग्रेस (बीपी)मा समाहित हुनुभयो । काङ्ग्रेस पार्टीभित्रको आन्तरिक सङ्घर्ष तथा शेरबहादुर देउवाको जुन दमन, दबदबा र अन्याय/अत्याचार छ, यसले युवा नेता मल्ललाई विद्रोहको निम्ति साहस प्रदान गऱ्यो । नेता मल्लको भाषामा देउवाले नेतृत्व गरेको दल अब फगत ‘सानेपा काङ्ग्रेस’ हो, त्यो पार्टीले नेपाल र नेपालीको लागि काम गर्ने आधार नै गुमाइसक्यो । आखिर ‘सानेपा काङ्ग्रेस’ छोडेर नेपाली काङ्ग्रेस (बीपी)मा समाहित हुनुपर्ने खास कारण के थियो- जानौँ नेता कर्ण मल्लकै शब्दमा ।

म र मसँग साथ रहनुभएका साथीहरूले शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस छोडेको होइन, बरु देउवाजीले हामीलाई काङ्ग्रेसमा रहनै नदिने प्रपञ्च गरी पार्टीबाट बाहिर पार्नुभएको हो । सभापति देउवाले पार्टीको विधिविधान मिचिरहनुभएको छ, विधानसम्मत ढङ्गले काङ्ग्रेस नचलाएको मात्र नभइ देउवाजीले पार्टीलाई ‘ब्रेन’बाट होइन कि ‘ब्रेड’बाट सञ्चालन गर्ने प्रक्रियामा लगिसक्नुभएको छ । यो मैले मात्र लगाएको आरोप होइन, तमाम काङ्ग्रेसजन अहिले यो महसूस गरिरहेका छन्, ज्यादति भोगिरहेका छन् । तर, किन हो देउवाजीको अत्याचार सहेर पनि उकुसमुकुस हुँदै त्यहीँ तड्पिएर बस्न विवश छन् ।

हामीचाहिँ यो अत्याचार सहेर बस्न सकेनौँ, सहनु उचित ठानेनौँ र कुनैबेला यस्तै-यस्तै परिवेशका कारण पार्टीबाट बाहिरिएर नेपाली काङ्ग्रेस (बीपी) गठन गर्न विवश बन्नुभएका पुराना निष्ठावान् प्रजातन्त्रवादी नेता हरिबोल भट्टराईको नेतृत्वमा जन्मिएको पार्टीमा आवद्ध भइ अगाडिको राजनीतिक यात्रा तय गर्ने निचोडमा पुगियो । यस पार्टीको नेतृत्व आज निष्ठावान् प्रजातन्त्रवादी नेता सुशीलमान शेरचनले गरिरहनुभएको छ । अब मैले यही पार्टीको सङ्गठन बिस्तार कार्यमा लाग्ने अठोट गरेको छु ।

शेरबहादुर देउवालाई कुनै बेला तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको साधारण सदस्यबाटसमेत निकालेर अलपत्र पार्न लाग्दा उहाँ त्यतिबेला मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई पश्चिमा शक्तिको साथ थियो, तत्कालिन दरबारको पनि उहाँलाई आशीर्वाद थियो र कलश चुनाव चिन्ह लिइ नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) नामक दल खोल्नुभयो । उहाँ पार्टीबाटै अन्यायमा परेको भन्ने बुझाइमा परेर हामीले प्रजातान्त्रिक काङ्ग्रेसको अगुवाइ गरी राजनीति अघि बढाएका देउवाजीलाई साथ दियौँ । अप्ठ्यारो समयमा हामीजस्ता कार्यकर्ताको साथ-सहयोग मिलेकैले देउवाजी आजको स्थानसम्म आइपुग्न सक्नुभएको हो । तर, आज देउवाजीको नेतृत्वमा नेपाली काङ्ग्रेसले बीपीको आदर्श छोडिसक्यो, विधि र सिद्धान्त छोडिसक्यो, त्यो पार्टीले राष्ट्रियता छोडिसक्यो, लोकतन्त्र छोडिसक्यो, समाजवादको त कुरै छोडौँ, आजको दिनमा शेरबहादुर देउवा तथा त्यो पार्टीमा रजगज गरिरहेका नेताहरू समाजवादी हुन् भनियो भने समाजवाद भन्ने शब्दकै अपमान हुने अवस्था छ ।

जुन सिद्धान्तका आधारमा कुनै पार्टी जन्मिएको हुन्छ, त्यो सिद्धान्तबाटै च्युत भएपछि त्यो पार्टीको के अर्थ रहन्छ र ? नेपाली काङ्ग्रेस आज आफ्नै जग छोडेको दल बनेको छ । बरु बीपी कोइरालाले जुन सिद्धान्तलाई आधार बनाएर पार्टी निर्माण गर्नुभएको थियो, त्यही सैद्धान्तिक जगमा उभिएको नेपाली काङ्ग्रेस (बीपी)मा आवद्ध भएर काम गर्नमा म गौरव महसूस गरिरहेको छु । ममाथि पूर्वाग्रह राखेर अत्याचार गरेकोले मात्रै होइन, देउवा नेतृत्वको सानेपा काङ्ग्रेसले आफ्नो सिद्धान्त, विधिविधान सबै छोडेर मनपरी गर्न थालेकोले यसै पनि हामीजस्ता बीपीद्वारा प्रतिपादित सिद्धान्तका अनुयायीहरू छटपटिइरहेका थियौँ । हरेक मञ्चहरूमा, महाधिवेशनहरूमा मैले पार्टीले बाटो बिराउन लागेकोप्रति चिन्ता गर्दै आफ्ना स्पष्ट धारणा राख्दै आएको थिएँ । काङ्ग्रेसको जिल्ला सभापतिको रूपमा नेतृत्वमा रहेको बेला पनि मैले निरन्तर पार्टीनेतृत्वमा मौलाउन थालेको विकृति र मनपरीतन्त्रबारे बोलेकै हुँ । जनताबीच र पार्टीका बैठकमा पनि बोलेकै हुँ ।

खुमबहादुर खड्काले जीवनको अन्त्यकालतिर धेरै साथीहरूसँग भन्नुभएको थियो कि मैले तेह्रौँ महाधिवेशनमा देउवालाई साथ दिएर जीवनकै सबभन्दा ठूलो भुल गरेँ ! देउवाले यतिसम्म काङ्ग्रेसको दुर्गति बनाउलान् भनी मैले कल्पना गरेको थिइनँ भन्नुहुन्थ्यो उहाँ । आफ्ना सहकर्मी र कार्यकर्तालाई देउवाले यतिसम्म धोका दिने, सिद्धान्तबाट स्खलित भइ नेतृत्व गर्लान् भनी मैले सोचेको थिइनँ भनी नेता खुमबहादुरले भनेको मेरो कानमा गुञ्जिरहेको छ यतिबेला ।

खुमबहादुर खड्का काङ्ग्रेसका एक जीवन्त नेता हुनुहुन्थ्यो, कार्यकर्तालाई माया गर्ने, पार्टी र कार्यकर्ता पङ्क्तिलाई गतिशील तुल्याउने नेता हुनुहन्थ्यो । बीपी कोइरालाको सच्चा अनुयायी हुनुहुन्थ्यो । उहाँ आज बाँचिरहनुभएको भए सम्भवतः हामीजस्ता कार्यकर्ताले प्रताडित हुनुपर्ने थिएन र, त्यो पार्टीलाई बीपीको सोचअनुरुपको बनाएर लैजाने अभियानमा हुने थियौँ । तर उहाँलाई पनि प्रताडित तुल्याइयो र असमयमै मृत्यु वरण गर्न एक प्रकारले बाध्य पारियो भन्ने लाग्छ । आज पार्टीनेतृत्वमा जो-जति छन् सबै निर्जिवतुल्य प्रतीत हुन्छन् । पार्टी अधोगतितिर गइरहेको छ, तर सबै हात बाँधेर टुलुटुलु हेरिरहेका छन् । बोल्न केही सक्दैनन्, गर्न केही सक्दैनन् । मैले हरेस खाएर यो कुरा गरेको होइन । मलाई यदि त्यो पार्टीबाट ननिकालिएको भए त्यहीँ रहेर अझै सङ्घर्ष गर्ने थिएँ मैले ।

खुमबहादुर खड्काको अनुयायी भन्नेहरूसमेत अझै पनि देशलाई धर्मनिरपेक्षतामा लगेर क्रिश्चियनीकरण गर्नेहरूलाई नेता मानेर सानेपा काङ्ग्रेसभित्रै बसिरहेको देख्दा मलाई ताजुब लाग्छ । खुमबहादुर खड्काले त मुलुकलाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभियान छेड्नुभएको थियो, के ती अनुयायीहरूले यो बिर्सिए ? कसरी देउवाजीलाई नेता मानेर त्यहाँ बस्न सकेको भनेर म आश्चर्यचकित र चिन्तित पनि छु । यदि खुबमहादुर खड्काका सच्चा अनुयायी कोही छन् भने एक मिनेट पनि शेरबहादुर देउवाले नेतृत्व गरेको काङ्ग्रेसमा बस्दैनन्, बस्न मिल्दैन । खुमबहादुर खड्काले जीवनको अन्त्यकालतिर धेरै साथीहरूसँग भन्नुभएको थियो कि मैले तेह्रौँ महाधिवेशनमा देउवालाई साथ दिएर जीवनकै सबभन्दा ठूलो भुल गरेँ ! देउवाले यतिसम्म काङ्ग्रेसको दुर्गति बनाउलान् भनी मैले कल्पना गरेको थिइनँ भन्नुहुन्थ्यो उहाँ । आफ्ना सहकर्मी र कार्यकर्तालाई देउवाले यतिसम्म धोका दिने, सिद्धान्तबाट स्खलित भइ नेतृत्व गर्लान् भनी मैले सोचेको थिइनँ भनी नेता खुमबहादुरले भनेको मेरो कानमा गुञ्जिरहेको छ यतिबेला । तर आफूलाई खुबमबहादुरको मान्छे भन्दै शेरबहादुरको गुणगान गाउने पनि काङ्ग्रेसमा छन् । शेरबहादुर दाइ धर्मनिरपेक्षतावादी, क्रिश्चियनवादी अनि खुमबहादुर दाइ काङ्ग्रेसभित्रको हिन्दुवादी ! त्यसैले उहाँप्रति सच्चा श्रद्धा राख्नेले देउवाको नेतृत्वमा घुस्रिएर बस्न मिल्दैन ।

यस्तै, बीपी कोइराला आफ्नो परिवारजस्तै सबै नेपाली एकै परिवारका सदस्य हुन् भन्ने समाजवादी भावनाले काङ्ग्रेसलाई अघि बढाउने नेता हुनुहुन्थ्यो । तर आज काङ्ग्रेसको नाउँमा पार्टीसत्ता र राज्यसत्ता सञ्चालन गर्नेहरूले सारा नेपालीलाई शोषण गरेका छन्, आफू र आफ्ना मान्छे मात्र सबैभन्दा धनी कसरी बन्ने भनेर लागिपरेका छन् । बीपी सबै नेपाली धनी बन्नुपर्छ, त्यस हिसाबले नीति-रणनीति बनाएर राज्य सञ्चालन गर्नुपर्छ भन्नुहुन्थ्यो, आजका काङ्ग्रेस नेताहरू जनतालाई शोषण गरेर, प्रताडित तुल्याएर, महँगी र करको मारमा पारेर आफू मात्रै धनी बन्ने बाटोमा मरिमेटेर लागेका छन्, अनि यो बीपीको काङ्ग्रेस रह्यो त ? यसैप्रति असन्तुष्टि जनाएर आवाज उठाउँदै आएको हुँ मैले । मैले बोलेका यी कुरा वास्तविक होइन कसैले भन्न सक्छ ? आज आफ्ना भाइभारदार, श्रीमती-छोरा, चाप्लुसी-चाकरीबाज र आदेशपालकलाई मात्र काङ्ग्रेसभित्र स्थान, ओहदा या पद मिल्ने अवस्था रहेको छ । के बीपी, गणेशमान, किसुनजीहरूले यस्तै काङ्ग्रेस चाहनुभएको थियो ? उल्लिखित तीनै नेताहरूको घोर अपमान गरेको छ आजको काङ्ग्रेस नेतृत्वले । यो बुझ्दाबुझ्दै पनि चुपचाप केही झर्ला र खाउँला भनेर बस्नेहरू बीपीका सच्चा अनुयायी हुन सक्छन् ?

म नेपाली काङ्ग्रेसको नेतृत्वमा नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भनी आवाज उठाउने हिन्दुवादी कार्यकर्ता परेँ, परिवारवादको चङ्गुलबाट पार्टीलाई मुक्त राख्नुपर्छ भन्ने पक्षधर परेँ म, तर यो दुवै कुरा शेरबहादुर देउवाको हालको व्यवहारसँग मेल खाएन र, उहाँको नजरमा म पार्टीमा अटाउन नसक्ने पात्र बन्न पुगेँ । वास्तवमा शेरबहादुर देउवा क्रिश्चियनहरूको ठूलो प्रभावमा हुनुहुन्छ ।

आज आफ्नै कार्यकर्तालाई त्रसित तुल्याउने, आफ्ना मतदातालाई अपमान गर्ने गरिरहनुभएको छ सानेपा काङ्ग्रेसको सभापतिले । सुवर्ण शमशेरजस्ता नेताले आफ्नो पैत्रिक सम्पत्तिको ठूलो धनराशि काङ्ग्रेस पार्टीको लागि, प्रजातन्त्रको लागि, देश र जनताको लागि समर्पण गर्नुभएको थियो, तर आजको नेतृत्वले देशको ढुकुटी मात्र नभइ गरिब, दुःखी, गिट्टी कुट्ने, काँक्रा र मकै बेचेर पेट पाल्नेहरूको समेत रगत र पसिना चुसेर आफ्नो ढुकुटी भर्ने गरेको छ । यो कहाँसम्मको दयनिय अवस्था हो काङ्ग्रेसको !? हो यही दुर्गतिबाट पार्टीलाई बचाउन सकिन्छ कि भनेर म र मजस्ता इमानदार कार्यकर्ताले सङ्घर्ष गर्नुपरेको हो । इमानको पक्षमा आवाज उठाएकैले मलाई पार्टीबाट निकालियो ।

म नेपाली काङ्ग्रेसको नेतृत्वमा नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भनी आवाज उठाउने हिन्दुवादी कार्यकर्ता परेँ, परिवारवादको चङ्गुलबाट पार्टीलाई मुक्त राख्नुपर्छ भन्ने पक्षधर परेँ म, तर यो दुवै कुरा शेरबहादुर देउवाको हालको व्यवहारसँग मेल खाएन र, उहाँको नजरमा म पार्टीमा अटाउन नसक्ने पात्र बन्न पुगेँ । वास्तवमा शेरबहादुर देउवा क्रिश्चियनहरूको ठूलो प्रभावमा हुनुहुन्छ । एउटा उदाहरण दिन चाहन्छु- हालका काङ्ग्रेस उपसभापति आदरणीय पूर्णबहादुर खड्का र गुल्मीका काङ्ग्रेस नेता तत्कालिन केन्द्रीय सदस्य चन्द्र केसीसमेत सँगै भएको ठाउँमा देउवा दाइले मसँग एउटा गुनासो गर्नुभयो । उहाँले मलाई सम्झाएजस्तो गरी भन्नुभयो- ‘हेर कर्ण, तिमी खुमबहादुर खड्काले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नगइदेउ । खुमबहादुर हिन्दुवादी हुन्, तिमी मेरो पिएसम्म भएको नजिकको मान्छे उनको कार्यक्रममा सहभागी हुन जाँदा ममाथि पनि हिन्दुवादी भएको आक्षेप आयो । मेरो लागि पनि तिमीले खुमबहादुरको अभियानमा साथ दिन भएन !’ देउवाजीको यो भनाइले उनी क्रिश्चियनको अनुयायी भएको पुष्टि गर्दैन र ? पश्चिमाहरूको ठूलो सहयोगमा नेपालमा राजनीति गर्ने पात्र हो देउवाजी भन्ने अब पुष्टि भइसकेको छैन र ? उहाँका यस्ता हिन्दु धर्मविरोधि निर्देशनहरूको वास्ता नगरी हिन्दुराष्ट्र नेपालको पक्षमा वकालत गरेकैले पनि उहाँले मलाई कोपभाजनको शिकार बनाउनुभएको हो । अर्को कुरा कोइरालाहरूको परिवारवादका विरुद्ध जेहाद छेडेको तपाईंजस्तो नेताले आरजु भाउजुलाई जबर्जस्ती अघि सार्ने काम गर्न भएन भन्ने सुझाव पनि मैले दिएको थिएँ । अनि त के चाहियो र ! देउवा दाइ त भाउजुलाई नै पार्टीसभापति र प्रधानमन्त्री बनाउने अभियानमा हुनुहुँदोरहेछ, हामी जस्ता सच्चा कार्यकर्ताको हृदयको आवाज उहाँले कसरी स्वीकार गर्नुहुन्थ्यो र ?! उहाँले मलाई त्यसपछि नजिक पर्नै दिनुभएन ।

हामीजस्ता कार्यकर्ताको त के कुरा, वास्तवमा आज सानेपा काङ्ग्रेसको दोस्रो–तेस्रो तहमा छौँ भन्ने पात्रहरू पनि असुरक्षित छन् । यो महत्वपूर्ण कुरा सबै काङ्ग्रेसजनले बुझ्नुपर्छ । पदाधिकारी तहमा रहेका कैयन नेताहरूले आफै भन्ने गर्नुभएको हामीले सुनेका छौँ कि कहिले राणा निवास, कहिले चौधरी निवास त कहिले श्रेष्ठ निवासबाट अनेकखाले निर्णय भएर आउँछ, खै ! हामीमाथि पनि कतिबेला के हुने हो कुनै टुङ्गो छैन ! उहाँहरू कुन लोभ र स्वार्थका कारणले हो खुल्ला रूपले बाहिरचाहिँ यो कुरा भन्न सक्नुहुन्न । यस्तो त्रसित मानसिकताबाट गुज्रिने नेताहरूले देउवाजीको नेतृत्वमा काङ्ग्रेसमा बसेर देश र जनताको लागि के गर्न सक्नुहोला त ?

डडेल्धुराका जनताको मतको बलबाट नै आज देउवा प्रधानमन्त्रीसम्म हुनुभएको हो र धनशाली बन्नुभएको हो । तर अब त्यो धनले पनि काम नगर्ने अवस्था आइसकेको छ । योपालि उहाँ धनको प्रभावमा पार्न झन् बेस्सरी लाग्नुहोला, तर अब उहाँको धनले काम गर्ने छैन, मतदाताले राम्रैसँग चिनिसकेका छन् । डडेल्धुराका मतदाताले अब स्वविवेकपूर्ण ढङ्गले मतदान गर्नेछन् ।

०५१ सालदेखि नै शेरबहादुर देउवाले हामीसँग के भन्नुभयो भने मैले गल्ती गरेँ, अब म हरेक महिना जिल्ला आउनेछु, हरेक गाउँमा पुग्नेछु, म आफैं समस्याहरू नियाल्नेछु र पहिचान गरेर समाधानको उपाय खोज्नेछु, म पश्चिम सेती बनाउनेछु, पञ्चेश्वर बनाउने छु, यहाँ टेक्निकल कलेज खोल्नेछु, एयरपोर्ट बनाउने छु, मेडिकल कलेज बनाउने छु, यहाँका सबै बरोजगारी अन्त्य गर्नेछु, सारा विकास निर्माणका काम गरेर डडेलधुरालाई समृद्ध तुल्याउने छु । यसरी माफी नै मागेर प्रतिबद्धता जनाएपछि हामीले पत्यायौँ । तर अबचाहिँ साँच्चै गर्नेछु भन्दै उहाँले हरेक पटक झुक्याउँदै जानुभयो र हामी झुक्किँदै आयौँ । डडेलधुराका मतदाता भुलभुलैयामा पर्दै आए । देशको प्रधानमन्त्री जस्तो मान्छेले झुक्याउन र भ्रममा पार्न अझै छोडेका छैनन् । स्थानीय तहको निर्वाचनमा मतदाता प्रभावित पार्नको लागि देउवाजीले सुदूरपश्चिमको राजधानी नै डडेल्धुरा बनाइदिन्छु भन्नुभयो । अहिले सुदूरपश्चिमको प्रदेशसभामा देउवानेतृत्वको गठबन्धनको दुई तिहाई बहुमत छ, डडेल्धुरालाई राजधानी बनाउन अब केले छेक्यो त ? त्यसैले उहाँ सारा जनतालाई झुक्याएर, भ्रममा पारेर आफ्नो राजनीतिक दुनो सोझ्याउन मात्र चाहनुहुन्छ भन्ने पुष्टि भइसकेको छ । हामीले ढिलै भए पनि देउवाजीलाई चिन्न सकेका छौँ । देउवाले देश बनाउने भ्रमबाट हामी मुक्त भएका छौँ ।

शेरबहादुर देउवाकै वडाका मतदाताले सानेपा काङ्ग्रेसलाई यसपालि मत दिएनन् । यो सङ्केत हो कि डडेल्धुराका बाँकी ५१ वटा वडाले पनि अब उहाँको छलकपटपूर्ण व्यवहारबाट झुक्किएर पहिलेझैँ मत दिने छैनन् । डडेल्धुराका मतदाताले अब स्वविवेकपूर्ण ढङ्गले मतदान गर्नेछन् । डडेल्धुराका जनताको मतको बलबाट नै आज देउवा प्रधानमन्त्रीसम्म हुनुभएको हो र धनशाली बन्नुभएको हो । तर अब त्यो धनले पनि काम नगर्ने अवस्था आइसकेको छ । योपालि उहाँ धनको प्रभावमा पार्न झन् बेस्सरी लाग्नुहोला, तर अब उहाँको धनले काम गर्ने छैन, मतदाताले राम्रैसँग चिनिसकेका छन् । उहाँले अहिलेसम्म आफ्नो सम्पत्ति सार्वजनिक गर्नुभएको छैन । सम्पत्ति सार्वजनिक गर्ने आँट किन देखाइरहनुभएको छैन देउवा दाइले ? यो सोचनीय कुरा छ ।

वास्तवमा बीपी कोइरालाको आदर्श र उहाँले दिनुभएको नीति-सिद्धान्त अनुशरण गर्ने पार्टी यतिबेला नेपालीभूमिमा नेपाली काङ्ग्रेस (बीपी) मात्र भएकोले यस पार्टीको छत्रछहारीमा बसेर वास्तविक प्रजातन्त्रवादी, देशप्रेमी नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई समेट्दै मुलुकको खातिर कर्म गर्दै जाने अभियानमा म होमिएको छु । बीपीलाई आदर्श मान्ने र देशको लागि केही गर्न चाहने सबैलाई म आग्रह गर्दछु कि अधिनायकवादको बाटोमा लागेको निरङ्कुश ‘सानेपा काङ्ग्रेस’लाई तिलाञ्जली दिएर आउनुहोस् नेका (बीपी)मा गोलबद्ध होऔँ । देश र जनताको सेवा सच्चा हृदयले गरौँ ।