१२ आश्विन २०७९, बुधबार

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेशको प्रयास गर्ने एकजना मारिए

  प्रकाशित मिति
२७ श्रावण २०७९, शुक्रबार ०६:४१


सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

बिहीबार बिहान हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबर्जस्ती पस्ने प्रयास गरेको र उसले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो । सुरक्षाअधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।

घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले पुष्टि गरेको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेका तर निज त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा निजको मृत्यु भएको प्रहरीको भनाइ छ ।

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने निजको प्रयास, त्यसको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन । अधिकारीहरूले त्यसको अनुसन्धान गरिरहेका छन् । यो घटना पूर्वराष्ट्रपटि डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबिआईले छापा मारेको केही दिनपछि भएको हो ।


45
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माओवादीले चुनावी लहर आफ्नो पक्षमा बनाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको लोकप्रियतालाई प्रयोग गर्ने भएको छ । माओवादीसम्वद्ध सूत्रका

विश्व व्यापार संगठन (डब्लुटीओ)ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लुटीओकी महानिर्देशक एनगोजी

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक शहर सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । दुर्लभ

सही व्यक्तिले प्रतिनिधित्व गरे भने पिछडिएको समुदायको मात्र नभइ सिङ्गै मुलुकको उत्थान हुन सक्छ, विचारविहीन मांसपिण्ड जुनसुकै जातिका भए पनि