१२ आश्विन २०७९, बुधबार

निर्वाचनका लागि एमालेद्वारा परिचालन कमिटी गठन, संयोजकमा केपी ओली

  प्रकाशित मिति
२७ श्रावण २०७९, शुक्रबार ०१:४३


नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमालेको पार्टी कार्यालय च्यासलमा बिहीबार भएको ११औँ सचिवालयको बैठकले केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेगरी परिचालन कमिटी गठन गरेको हो ।

यस्तै परिचालन कमिटीमा जनसङ्गठनका अध्यक्ष र महासचिवका साथै केन्द्रीय विभागका सचिवसमेत सदस्य रहनेछन् ।

बैठकले अध्यक्ष ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

निर्वाचनको तयारीका लागि बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ । सचिवालयको बैठकले पार्टीमा प्रवेश गरेका जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (बारा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

त्यसैगरी नवराज पौडेल (बागलुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माओवादीले चुनावी लहर आफ्नो पक्षमा बनाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको लोकप्रियतालाई प्रयोग गर्ने भएको छ । माओवादीसम्वद्ध सूत्रका

विश्व व्यापार संगठन (डब्लुटीओ)ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लुटीओकी महानिर्देशक एनगोजी

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक शहर सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । दुर्लभ

सही व्यक्तिले प्रतिनिधित्व गरे भने पिछडिएको समुदायको मात्र नभइ सिङ्गै मुलुकको उत्थान हुन सक्छ, विचारविहीन मांसपिण्ड जुनसुकै जातिका भए पनि