जापानमा कोराना महामारी सुरुभएयताकै उच्च संक्रमण

जापानमा कोराना महामारी सुरुभएयताकै उच्च संक्रमण


  • टोकियो (जापान)

जापानमा बुधबार (१० अगष्ट) एकैदिन २ लाख ५० हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकैदिन पुष्टि भएको यो संक्रमित संख्या जापानमा कोरोना महामारी सुरुभएयताकै उच्च हो ।

जापानमा संक्रमितहरुको बढ्दो संख्यासँगै मृत्युदर पनि उच्च मात्रामा बढेको छ । टोकियो, चिबा, ओसाका, फुकुओका, साईतामा, गुन्मा, ह्योगो, कुमामोतो, सिगा लगायतकाविभिन्न प्रिफेक्चरमा गरी एकैदिन २५१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

हरेक दिन उच्च संक्रमण पुष्टि हुँदै आएको जापानमा हालसम्म १ करोड ४९ लाख ३ हजार ३ सय ८७ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३४ हजार ३ सय ९० जनाको मृत्यु भएको छ भने १ करोड २५ लाख ४६ हजार ४६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

मुलुकैभर ऐतिहासिक रुपमा कोरोना बढे पनि अझैसम्म जापान सरकारले कुनै ठोस रोकथामका उपायहरु कार्यन्वयनको लागि आमनागरिकमा आह्वान गरेको छैन । यसका साथै मानिसहरुको दैनिकीमा कुनै सिमा निर्धारण गरिएको छैन । परिणाम हरेक दिन उच्च संक्रमण पुष्टि हुने क्रम जारी छ ।