कोभिडका कारण चीनको ‘हवाइ’मा ८० हजार पर्यटक फसे

कोभिडका कारण चीनको ‘हवाइ’मा ८० हजार पर्यटक फसे


कडा यात्रा प्रतिबन्ध लगाइएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् । ‘चीनको हवाइ’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् ।

हेनानको दक्षिणी टापुमा रहेको पर्यटन हटस्पट सान्या १० लाख भन्दा बढी मानिसको शहर हो, जहाँ आइतबार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो ।

कोभिडका कारण शहरबाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् । बाहिर जान चाहने पर्यटकहरूले पटक पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।