लादेन परिवारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

लादेन परिवारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार


बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चार्ल्सले सेप्टेम्बर ११ का नायिके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।

सल्लाहकारले दान नलिन सुझाव दिए पनि चार्ल्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुवै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् । सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चार्ल्सले प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड (पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारले आपत्ति जनाएका थिए ।

पीडब्लूसीएफका अध्यक्ष इयान चेसााइरले उक्त चन्दा लिन त्यसबेला पाँच ट्रस्टीहरूले सहमति जनाएका थिए।