२७ श्रावण २०७९, शुक्रबार

क्यानडा पठाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार १६:२७


क्यानडा पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको रु ७ लाख लिइ सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

यसैबीच भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौं गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरामद गरिएको छ ।

त्यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने बागलुङका ४६ वर्षीय जायश्वर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु १४ लाख जरिवानाको सजाय ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई केन्द्रिय अनुस्न्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


99
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०